नारायण गौतम (पापा बा)का कविता सङ्ग्रह ‘सृष्टिको मेरुदण्ड’ प्रकाशित

रासस

आइतबार, ०२ असोज २०७९, १२ : ३१
नारायण गौतम (पापा बा)का कविता सङ्ग्रह ‘सृष्टिको मेरुदण्ड’ प्रकाशित

काठमाडौं । स्व कवि नारायण गौतम (पापा बा) का कविता सङ्ग्रह ‘सृष्टिको मेरुदण्ड’ बजारमा आएको छ । प्रस्तुत कविता सङ्ग्रहमा रहेका ७९ कवितामा स्पष्ट भाव, सकारात्मक सन्देश,  समाजका विकृतिमाथि प्रहार, राष्ट्र प्रेम,  प्रकृतिमाथिको सुन्दर प्रस्तुती, मानवीय संवेदना र वात्सल्य प्रेम झल्किएको छ ।

उल्लेखित कवितामध्ये दशवटा मन्दाक्रान्ता, छ वटा वसन्ततिलका, पाँचवटा अनुष्टुप, छ वटा उपजाति र एउटा इन्द्रबज्रा छन्दका रहेका छन् । यसैगरी  दुईवटा गीत पनि समावेश गरिएका छन् ।  

सरकारी सेवा, प्राध्यान र सामाजिक सेवामा जीवन बिताएका श्रीमहालक्ष्मी नगरपालिकाको लामाटार निवासी उनका कविता विभिन्न साहित्यिक पत्रिकामा छापिएका छन् । कवि गौतमको  निधन विसं २०५७ साउन २१ गते भएको थियो । श्रीमती भगवती गौतमले प्रकाशित गरेका उक्त कविता सङ्ग्रह १०२ पृष्ठको छ। 
 

प्रतिक्रिया दिनुहोस