काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्ता गठबन्धनका सबै दललाई चित्त बुझाएर सिट बाँडफाँट गरिने बताएका छन्। उनले सबै दललाई मिलाएर लैजाने तयारी भइरहेको पनि बताए।
‘गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ,’ गणेशमान सिंहको २५ औं स्मृतिमा आज शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’
उनले सिट बाँडफाँट चुनौतीपूर्ण रहेको पनि बताए। ‘यो काम सजिलो छैन। तर सिट बाँडफाँटबारे छलफल भइरहेका छन्। उचित समयमा निर्णयमा पुगिन्छ,’ उनले भने।साउन २० देखि सत्ता गठबन्धनले सिट बाँडफाँटमा छलफल गरे पनि कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्ने सहमति हुन सकेको छैन।
समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गरेर दलहरू सिट बाँडफाँटबारे मंगलबारदेखि पुनस् छलफलमा जुट्दैछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ असोज २०७९, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह