काठमाडौं । यो सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्य घटेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा घटेर छापावाल सुनको मूल्य ९१ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा आइपुगेको छ ।
शुक्रबारको तुलनामा आइतबार स्थिर रहेको सुनको भाउ त्यसयता सबै कारोबार दिनमा घटेको छ । सोमबार तोलामा ३००, मंगलबार १०० र बुधबार ७०० ले घटेको थियो । यस्तै, बिहीबार तोलामा ३०० र शुक्रबार प्रतितोला १०० रुपैयाँले मूल्य घटेको महासंघले जनाएको छ ।
सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ थियो । जुन, एक सातामा २० रुपैयाँ प्रतितोलाले बढ्दै ११ सय ७० रुपैयाँ पुगेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असोज २०७९, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो