काठमाडौं । राष्ट्रिय विज्ञान दिवसका अवसर पारेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पार्टीको आधिकारिक मोबाइल एप उद्घाटन गरेका छन्। पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित कार्यक्रममा पार्टीको आधिकारिक मोबाइल एप शुभारम्भ गरिएको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विज्ञान प्रविधिलाई आत्मासाथ गर्न नसके देश विकास हुन नसक्ने बताए । विज्ञानमा बेइमानी र जालझेल नभल्ने भन्दै उनले जसले विज्ञानलाई आत्मासाथ गर्न सक्छ उही सफल हुने बताए ।
अबको निर्वाचनमा परम्परागत प्रचार शैलीले सहि परिणाम दिन नसक्ने भन्दै उनले प्रचारप्रसारमा पनि प्रविधिको प्रयोग गर्नुको विकल्प नभएको बताए । विज्ञान प्रविधिको सदुपयोग गर्न सके मानव जीवन सहज हुने र प्रविधिको दुरुपयोग भएमा समाजमा नकारात्मक असर गर्ने भएकोले यसबारे सचेतनाको अवश्यक रहेको प्रचण्डको भनाइ थियो ।
आधिकारिक एपमार्फत अध्यक्ष र पार्टीका गतिविधि, सूचना तथा योजना जनता तथा नेता कार्यकर्तासम्म पुर्याइने पार्टीको विज्ञान तथा प्रविधि विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असोज २०७९, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’