फिलिपिन्समा कोभिडबाट एकैदिन २१ सय संक्रमित

एजेन्सी

शनिबार, ०१ असोज २०७९, ०८ : ४३
फिलिपिन्समा कोभिडबाट एकैदिन २१ सय संक्रमित

एजेन्सी ।  फिलिपिन्समा कोभिडबाट दुई हजार १ सय जना संक्रमित भएका छन् । योसँगै  कोभिडबाट ३९ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । त्यस्तै, कोभिडबाट एकै दिन ३१ जनाको ज्यान गएको छ । 

अहिलेसम्म फिलिपिन्समा कोभिडबाट ६२ हजारभन्दा बढीको मृत्युभएको छ । राजधानी मनिला कोभिडबाट सबैभन्दा बढी प्रभावित छ । फिलिपिन्समा जनवरीमा एकै दिन ३९ हजार संक्रमित फेला परेका थिए । तर, अहिले भने दैनिक दुई हजार जनाको हाराहारीमा संक्रमित भेटिने गरेका यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

फिलिपिन्समा अहिलेसम्म ७२ दशमलब ८ प्रतिशत नागरिकले कोभिडविरुद्धको पूूर्ण खोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस