काठमाडौं । अमेरिकाले रुसविरुद्धको लडाइका लागि युक्रेनलाई ६० करोड डलर अतिरिक्त सैन्य सहयोग गरेको घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनका लागि अमेरिकाले हतियारसहित युद्ध सामग्री खरिदका लागि सहयोग उपलब्ध गराएको जानकारी दिए । अमेरिकी सहयोगले युक्रेनी सेना अझ सशक्त रुपमा अगाडि बढ्न सहयोग पुग्ने अमेरिकाले बताएको छ ।
पछिल्लो समय युक्रेनले रुसी सैनिकले कब्जा गरेको आफ्नो भूमि फिर्ता गरिरहेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले हालसम्म ६ हजार वर्ग किमी क्षेत्र रूसी सेनाको कब्जाबाट युक्रेनले आफ्नो नियन्त्रणमा लिएको दावी गरेका छन ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ३१ भदौ २०७९, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा