कोरोना अपडेट : थप १२६ जनामा संक्रमण पुष्टि, १३७ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

विहीबार, ३० भदौ २०७९, १७ : ०८
कोरोना अपडेट : थप १२६ जनामा संक्रमण पुष्टि, १३७ जना संक्रमणमुक्त

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७९० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ६७४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७५ जना र २ हजार ११६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ७९९ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या २ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार १२९ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १५ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८४ हजार ९७७ पुगेका छन् ।