भरतपुर । राष्ट्रिय बाल दिवसको अवसरमा कामना सेवा विकास बैंक, विकासचोक शाखाले असहाय बालबालिकाहरूका लागि सहयोग प्रदान गरेको छ । कृष्णपुरस्थित राइज अप होमका आश्रित बालबालिकाहरूलाई बैंकले झोला तथा स्टेशनरी सामानहरू सहितको खेलकूद तथा शैक्षिक सामाग्री सहयोग प्रदान गरिएको हो ।
बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समाजमा रहेका असहाय बालबालिकाहरूको शिक्षण प्रक्रियामा टेवा पु¥याउने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको बैंकका शाखा प्रमुख प्रकाश पन्तले बताए ।
बुधबार एक अनौपचारिक कार्यक्रमका बीच अनाथालयको १५ जना बालबालिकालाई सो सहयोग वितरण गरिएको हो । सो अवसरमा बैंकको शाखा कार्यालयका कर्मचारी तथा अनाथालयका सञ्चालकहरूको उपस्थिती रहेको थियो ।
सहयोग वितरण पश्चात् बैंकका शाखा प्रमुख पन्तले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर बैंकले समाजका विभिन्न क्षेत्रहरूसँग सहकार्य गरिरहने बताए ।
‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ नाराका साथ मनाइएको यसपालिको राष्ट्रिय बाल दिवसलाई सफल बनाउन बैंक लगायतका वित्तिय संस्थाहरूको समेत जिम्मेवारी रहेको पन्तको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० भदौ २०७९, १५ : ४१
लेखकबाट थप