महाभियोग समितिको बैठक सर्‍यो

सफल खबर संवाददाता

विहीबार, ३० भदौ २०७९, ०९ : १७
महाभियोग समितिको बैठक सर्‍यो

काठमाडौं । आज  बिहीबार बिहानका लागि डाकिएको संघीय संसद, महाभियोग समिति बैठक सरेको छ ।समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ ।

यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय धकेलिएको हो ।

समितिले दिउँसो १ बजे चार पूर्वन्यायाधीशलाई बैठकमा बोलाएको छ ।समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमा छानबिन गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस