आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न सकिदैन : मन्त्री बडू

सफल खबर संवाददाता

बुधबार, २९ भदौ २०७९, १९ : ३२
आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न सकिदैन : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न नसकिने बताएका छन् । बुधबार उद्योग मन्त्रालयमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममा बोल्दै उद्योगमन्त्री बडूले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय मुलुक आयातमा निर्भर भएको अवस्थाामा उत्पादन र उपभोग बढाउन सकिएन भने देशको अर्थतन्त्र धराशायी हुने बताए । मन्त्री बडूले सरकारले अहिले भइरहेको आयात कम गर्न नसके अर्थचतन्त्रलाई माथि उकास्न नसकिने दाबी गरे ।

उनले देशको अर्थतन्त्र सुधारका लागि प्रधानन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने बताए । उनले नेपाल कृषिमै परनिर्भर भएको अवस्थामा समग्र अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको अहम भूमिका हुने बताए ।

उनले भने, ‘वर्तमान मुलुकको अर्थतन्त्रमा देखिएका समस्याको निकास उद्योगको क्षेत्रबाट कसरी दिन सकिन्छ । अहिले मुलुक आयातमा निर्भर बन्दै गएको अवस्था र निर्यात सरकारले अपेक्षा गरे अनुसार बढ्न नसकेको अवस्था छ । आयातमा निर्भर हुने अर्थतन्त्रलाई उकास्नको निम्ति मुलुक भित्रको उद्योगलाई व्यापक रुपमा बढाउन सकेनौं र रोजगारी सिर्जना गर्न सकेनौं र नेपाली उत्पादन वस्तुहरुको उपभोग पनि बढाउन सकेनौं भने सरकारले आयातलाई व्यवस्थापन गर्न नसक्ने निस्कर्ष रहेको छ ।’

प्रतिक्रिया दिनुहोस