प्रमिता भण्डारी
चितवन ।पत्रकार प्रकास सिग्देललाई धार्मिक तथा सामाजिक संस्थाले प्रेस सल्लाहकार नियुत्ती गरेको छ । देवघाटधाम संरक्षण प्रतिष्ठान चितवन र राष्ट्रगुरु योगी नरहरी नाथ सिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रम नवलपुर गँैडाकोटले प्रेस सल्लाहकारमा चयन गरेका हुन् । बिगत १६ वर्ष देखि चितवन नवलपुरमा रहेर राष्ट्रिय टेलिभिजन तथा स्थानिय संचार माध्याममा कार्यरत सिग्देल धार्मिक संघ संस्थामा बढि क्रियाशिल छन् ।
देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले देवघाटमा बिश्वकै नमुना ३० फिट अग्लो अष्टधातुको शिब मुत्र्ती निर्माण गर्दै छ । सिग्देलले पत्रकारिताको क्षेत्रबाट धर्म संस्कृतिको संरक्षणमा पुराएकोे योगदानको कदर गर्दै उनलाई संस्थाले प्रेस सल्लाहकारमा नियुक्ति गरेको देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनका अध्यक्ष ढुन्डिराज सिलवालले बताए ।
सिग्देलले राष्ट्र गुरु योगी नरहरी नाथको पथलाई अनुशरण गर्दै गुरुको महिमा आम मानिसमा जागरण गराउन निकै ठुलो भुमिका खेलेकाले उनलाई प्रेस सल्लाहकारमा चयन गरिएको आश्रमका संरक्षक शान्त पोखरेलले बताए । सिग्देल हाल ग्यालेक्सी टेलिभिजनका चितवन सम्बाददाता हुन् भने उनि सफल खवर अनलाईनमा पनि आवद्ध छन् । उनले यसअघि ए बि सि टेलिभिजन,एभिन्युज टेलिभिजन, न्युज २४ टेलिभिजनमा काम गरिसकेका छन् भने स्थानिय स्तरमा बेसो टेलिभिजन, आभाष टेलिभिजन मुकुन्दसेन टेलिभिजनमा काम गरीसकेका छन् । त्यस्तै रातोपाटी अनलाईन् देखी स्थानिय स्तरमा धेरै पत्रपत्रिकामा काम गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ भदौ २०७९, १७ : ०४
लेखकबाट थप