काठमाडौं । काठमाडौं, चितवन, नवलपरासी (पश्चिम) र धनकुटामा चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटस्थित सडक पेटीमा ओखल्ढुंगा घर भएका ३६ वर्षीय राम बहादुर बस्नेत मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
चितवनको भरतपुर महानगरपालिका–१८ डाँडा गाउँ बस्ने ४५ वर्षीय नथुराम मैनाली आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासी पश्विमको सरावल गाउँपालिका–१ तुल्सीनगरस्थित थारु संग्रालय नजिकै रहेको पोखरीमा हाल पहिचान नखुलेका करिब २० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
धनकुटाको साँगुढीगढी गाउँपालिका–५ मानेडाडा बस्ने ४४ वर्षीय बुद्धि बहादुर लिम्बु सोही ठाउँस्थित बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । मंगलबार मानेडाँडा बजार गएका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ भदौ २०७९, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बराह क्षेत्रमा जंगली हात्ती मृत फेला
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला
गुल्मीमा एक जना महिला मृत फेला
पाल्पामा एक पुरुष मृत फेला
सुर्खेतको देउती बज्यै मन्दिरकी पुजारी मृत फेला