एजेन्सी । आफ्नो कथित बलात्कारीलाई छुरा प्रहार गरी हत्या गर्ने एक अमेरिकी किशोरीलाई आयोवाको एक अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ । अदालतले १७ वर्षीया किशोरी पिपर लुइसलाई सन् २०२० मा डेस मोइनेसमा भएको हत्याका लागि जाँचरी ब्रुक्सको परिवारलाई १ लाख ५० हजार डलर तिर्न पनि आदेश दिएको छ । उनी त्यतिबेला १५ वर्षकी थिइन् । गत वर्ष उनले अनिच्छुक हत्या र जानाजानी चोटको लागि दोषी स्वीकार गरेकी थिइन । दुवै अभियोगमा १० वर्षसम्मको जेल सजाय हुन्छ ।
लुइसलाई मंगलबार पोल्क काउन्टी जिल्ला न्यायाधीश डेभिड एम पोर्टरले सजाय सुनाएका हुन् । न्यायाधीशले उनलाई आवासीय सुविधामा राख्न आदेश दिएका छन, जहाँ उनले ट्र्याकिङ उपकरण लगाउनु पर्छ ।
‘जीवनको अर्को पाँच वर्ष तपाईं असहमत हुने नियम लागू हुनेछ । म पक्का छु’, पोर्टरले भने, ‘तपाईंले मागेको यो दोस्रो मौका हो । तपाईंले तेस्रो मौका पाउनुहुन्न । ’
सन् २०२० मा एक व्यक्तिले उनलाई एउटा घर भित्र लगेर यौनका लागि अरूलाई बेचबिखन गरेको थाहा पाएपछि उनी भागेकी थिइन् । आफूलाई बलात्कार गर्नेमध्ये एक जना ३७ वर्षीय ब्रुक्स पनि भएको उनले अदालतलाई बताएकी छिन् । ब्रुक्सले आफूलाई धेरै पटक बलात्कार गरेको उनले दाबी गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ भदौ २०७९, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने
संयुक्त राष्ट्रसंघकी विशेषज्ञमाथि अमेरिकाको प्रतिबन्ध
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द