एजेन्सी । आफ्नो कथित बलात्कारीलाई छुरा प्रहार गरी हत्या गर्ने एक अमेरिकी किशोरीलाई आयोवाको एक अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ । अदालतले १७ वर्षीया किशोरी पिपर लुइसलाई सन् २०२० मा डेस मोइनेसमा भएको हत्याका लागि जाँचरी ब्रुक्सको परिवारलाई १ लाख ५० हजार डलर तिर्न पनि आदेश दिएको छ । उनी त्यतिबेला १५ वर्षकी थिइन् । गत वर्ष उनले अनिच्छुक हत्या र जानाजानी चोटको लागि दोषी स्वीकार गरेकी थिइन । दुवै अभियोगमा १० वर्षसम्मको जेल सजाय हुन्छ ।
लुइसलाई मंगलबार पोल्क काउन्टी जिल्ला न्यायाधीश डेभिड एम पोर्टरले सजाय सुनाएका हुन् । न्यायाधीशले उनलाई आवासीय सुविधामा राख्न आदेश दिएका छन, जहाँ उनले ट्र्याकिङ उपकरण लगाउनु पर्छ ।
‘जीवनको अर्को पाँच वर्ष तपाईं असहमत हुने नियम लागू हुनेछ । म पक्का छु’, पोर्टरले भने, ‘तपाईंले मागेको यो दोस्रो मौका हो । तपाईंले तेस्रो मौका पाउनुहुन्न । ’
सन् २०२० मा एक व्यक्तिले उनलाई एउटा घर भित्र लगेर यौनका लागि अरूलाई बेचबिखन गरेको थाहा पाएपछि उनी भागेकी थिइन् । आफूलाई बलात्कार गर्नेमध्ये एक जना ३७ वर्षीय ब्रुक्स पनि भएको उनले अदालतलाई बताएकी छिन् । ब्रुक्सले आफूलाई धेरै पटक बलात्कार गरेको उनले दाबी गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ भदौ २०७९, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?