आज राष्ट्रिय बाल दिवस मनाईदैं

सफल खबर संवाददाता

बुधबार, २९ भदौ २०७९, ०७ : ४७
आज राष्ट्रिय बाल दिवस मनाईदैं

काठमाडौँ । आज राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

हरेक वर्षको भाद्र २९ गते दिवसको रुपमा विविध कार्यक्रम गरी मनाइँने यस दिनमा देशभर बाल अधिकार, सचेतनालगायत विभिन्न मनोरञ्जनात्मक तथा सचेतनामूलक कार्यकर्मको आयोजना गरी मनाइन्छ ।

राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधारस् जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाउन लागिएको छ । विसं २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भदौ २९ गते मनाउन सुरु गरिएको थियो ।

इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देखेकी थिइन् ।

भारतबाट फर्केपछि रानी रत्नद्वारा आफ्नो जन्म दिनपारी विसं २०२१ भाद्र ४ मा नेपाल बाल सङ्गठन स्थापना गरि आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरि सो समयदेखि नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ ।

वि।सं २०६३ सालमा लोकतन्त्रको स्थापना पश्चात् यसको पूरानो संरचनामा केही फेरबदल भएको थियो जसको परिणाम स्वरुप देशमा स्थापना भएको लोकतन्त्रले बालदिवसको मितिलाई पनि परिवर्तन गरेको थियो ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेलगायतका कुराको प्रत्याभूति गरेको छ ।

प्रतिक्रिया दिनुहोस