तमलोपा र सद्भावना पार्टीबीच तालमेल हुने

सफल खबर संवाददाता

मंगलबार, २८ भदौ २०७९, १६ : ०७
तमलोपा र सद्भावना पार्टीबीच तालमेल हुने

काठमाडौं । वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने निर्णय गरेको छ ।

दुई दलले गठन गरेको लोकतान्त्रिक मधेसी फ्रन्टको बैठकले सो निर्णय गरेको नेपाल सद्भावना पार्टीका सहमहासचिव डा. रविन्द्र कुमार चौधरीले बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्रहरुको अध्ययन गरी सम्भावना अनुसार आपसी सहमतिमा संयुक्त उम्मेदवारी दिने निर्णय भएको उनले बताए ।

‘चुनावी तालमेल गर्ने सहमति भएको छ, चुनावी क्षेत्रको अध्ययन गरेर थप निर्णय गर्नेछौं,’ उनले भने । वृषेशचन्द्र लालले लोसपाबाट अलग भएर तमलोपा गठन गरेका हुन् । सरिता गिरीले नेपाल सद्भाना पार्टीलाई तत्कालीन संघीय समाजवादी फोरम नेपालमा विलय गराएका थिए । त्यसपछि रामकुमार महतोले नेपाल सद्भावना पार्टीलाई पुनर्गठन गरी सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस