सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–१० नयाँ रोड चोकमा आज बिहान ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको र सनाखत हुन बाँकी रहेको सर्लाही प्रहरीले जनाएको छ ।
आज बिहान ४ बजे ना ८ ख ८२६७ नम्बरको ट्रकले पैदल हिँडिरहेका पुरुषलाई ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ भदौ २०७९, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु