नेपाल यू–१७ साफ च्याम्पियनसिपको फाइनलमा, श्रीलंका ६–० ले पराजित

सफल खबर संवाददाता

मंगलबार, २८ भदौ २०७९, ०७ : ५२
नेपाल यू–१७ साफ च्याम्पियनसिपको फाइनलमा, श्रीलंका ६–० ले पराजित

काठमाडौँ । नेपाली किशोर टिमले श्रीलंकाको कोलम्बोमा जारी साफ यू-१७ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ। सोमबार राति सम्मपन्न खेलमा नेपालले श्रीलंकाको यूथ टिमलाई ६–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। अब नेपालले उपाधिका लागि बुधबार भारतसँग प्रतिस्पर्धा गर्ने छ।

नेपाललाई फराकिलो जित दिलाउन कप्तान प्रशान्त लक्क्षम, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले समान एक–एक गोल गरे। कोलम्बोको रेस कोर्स ग्राउण्डमा खेलको २२ औं मिनेटमानै नेपालले अग्रता लिएको थियो। कप्तान प्रशान्तले पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

एक मिनेट पछिनै हरिसले दोस्रो गोल गर्दा ३१ औं मिनेटमा सुवासले नेपालको अग्रता तेब्बर बनाए। पहिलो हाफमानै फराकिलो अग्रता बनाउने क्रममा ३८ औं मिनेटमा निरोज कार्कीले चौंथो गोल गरेका थिए।

पहिलो हाफमा ४ गोल गरेको नेपालका लागि दोस्रो हाफमा थप दुई गोल भएको थियो। खेलको ५१ औं मिनेटमा उनेशले गोल गर्दै नेपाली टिमनेपाललाई ५९० को अबस्थामा पुर्याकउदा छैटौं गोल खेलको अन्तिम मिनेटमा सिजल राईले संभव बनाए। पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २९१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

प्रतिक्रिया दिनुहोस