फरवार्ड सावित्रा भण्डारीलाई डेंगु संक्रमण

सफल खबर संवाददाता

सोमबार, २७ भदौ २०७९, १५ : २९
फरवार्ड सावित्रा भण्डारीलाई डेंगु संक्रमण

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई डेंगी संक्रमण देखिएको छ भण्डारीलाई आइतबार डेंगी पुष्टि भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 

काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपका दौरान साम्बालाई डेंगी भएको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य छ । संक्रमण देखिएसँगै सावित्राले सोमबार हुने श्रीलंकाविरुद्ध खेल गुमाउने भएकी छिन् । 

प्रतिक्रिया दिनुहोस