साल्ट ट्रेडिङ्ग कर्पोरेशन चितवनले मनायो ६० औ स्थापना दिवस, डिलरले गरे कार्यालय प्रमुख दाहालको प्रशंसा

प्रकाश सिग्देल

सोमबार, २७ भदौ २०७९, १४ : ३७
साल्ट ट्रेडिङ्ग कर्पोरेशन चितवनले मनायो ६० औ स्थापना दिवस, डिलरले गरे कार्यालय प्रमुख दाहालको प्रशंसा

चितवन । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड चितवनले आफ्नो ६० औ स्थापना दिवस मनाएको छ । कार्यालय परिसर नारायणगढमा एक भब्य कार्यक्रमको आयोजना गरी वार्षिकउत्सव मनाईएको कार्यालयका प्रमुख बुद्धि बिनोद दाहालले बताए । सो अवसरमा डिलरहरुलाई बोलाएर सम्मान गरिएको दाहालले बताए । कार्यक्रममा डिलरहरुका तर्फबाट उद्योग बाणिज्य संघ माडीका अध्यक्ष रेशम आचार्य र किराना व्यवसायी संघ चितवनका अध्यक्ष  हरी राज पौडेलले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड चितवनले जस्तोसुकै जटिल अवस्थामा पनि कार्यालयले कार्यालयबाट प्रहाब हुने सेवामा कमि नगरेको र लकडाउन तथा नाकाबन्दिका बेला पनि नुन चिनि लगाएतका खाद्यबस्तुको सहज उपलब्धता गराएको भन्दै कार्यालय प्रमुख बुद्धि बिनोद दाहालको प्रशंसा गरेका थिए ।

रातदिन नभनी जुनसुकै समय पनि कार्यालयका प्रमुख देखि कर्मचारीको सक्रियताले चितवन बासिले सहजै सेवा पाएको उनिहरुले बताए । कार्यालयले चाड पर्वका बेला कार्यालय परिसरका सस्तो पसल सन्चालन संगै गाउँमा घुम्ति पसल संचालन गरेर जनतालाई सेवा प्रवाह गर्दै आएको छ । कार्यालयका प्रबन्धक बुद्धि बिनोद दाहालले आफुले चौबिसै घण्टा उपभोक्ताको सेवा गरेको बताए । आफुले गरेको कामबाट केन्द्र खुसि भएर आफु र कार्यालयलाई सम्मान गरेको भन्दै उनले केन्द्रलाई धन्यबाद समेत दिए ।

कार्यालयले चितवनमा मलको अभावका बेला पनि सहज रुपमा किसानलाई मलको उपलब्धता गराउने गरेको छ । कार्यालले दिने सेवाबाट चितवनवासी खुसि भएका छन् । यस पटक पनि साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड चितवनले चार्डवाडलाई ध्यानमा राखेर सस्तो पसल संचालन गर्ने उनले बताए ।

२०२० साल भाद्र २७ गते साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको स्थापना भएको हो । नेपालमा नुनको स्रोत नभएको कारण र तत्कालिन अवस्थामा यातायातको दृष्टिकोणले समेत सम्पूर्ण जनतालई नुन पुयाउनु ठूलो चुनौतीको रूपमा रहेकाले अत्यावश्यक दैनिक उपभोग्य वस्तु नूनको आपूर्ति व्यवस्थालाई व्यवस्थित र नियमित गर्न तत्कालिन श्री ५ को सरकार, श्री ५ को सरकारको स्वामित्वमा रहेको संस्था एवम् त्यसबेला नूनको कारोवारमा लागेका मुख्य व्यापारीहरूलाई समावेश गरी साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस