काठमाडौं । मकवानपुर, भोजपुर, मोरङ र दार्चुलामा मृत अवस्थामा चार जना फेला परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्तीस्थित सडक छेउमा २२ वर्षीया मनिसा महतो शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ बस्ने ४१ वर्षीय दिनेस राई सोही गाउँपालिका चिमुङ्गास्थित दोभाने खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् । भैंसी चराउन गएका उनको उक्त खोलाको पानीमा डुबेको अवस्थामा शव फेला परेको हो ।
मोरङको वीराटनगर महानगरपालिका–८ स्थित सिंगिया खोलामा रामेछाप सुनापती गाउँपालिका–२ का ३० वर्षीय अनिल घिसिङ मृत अवस्थामा फेला परेका छन् । श्रेष्ठ कन्ट्रक्सन हाटखोला विराटनगरमा बाटो बनाउने काम गर्ने ३० वर्षीय घिसिङ शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगढास्थित नौगाड खोलाको बीचमा हाल पहिचान नखुलेकी महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ भदौ २०७९, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला
गुल्मीमा एक जना महिला मृत फेला
पाल्पामा एक पुरुष मृत फेला
सुर्खेतको देउती बज्यै मन्दिरकी पुजारी मृत फेला
बसुन्धारा र सुन्दरीजलमा २ व्यक्ति मृत फेला