धनगढी । कञ्चनपुरमा नदीले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा जोगबुडा नदीमा बगेर एक जनाको ज्यान गएको हो ।
शनिबार बिहान स्थानीय ५३ वर्षीय रंगलाल वादीको नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जोगबुडा नदीमा बाढीसँगै बगेर आएका काठ दाउरा संकलन गर्ने क्रममा वादी बगेका हुन् । उनको शव बगेको ठाउँ एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ भदौ २०७९, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु