काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चुनावका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषय अन्तिम चरणमा पुगेको बताएका छन ।
समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले पोखरामा शनिबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सहमतिका लागि १० प्रतिशत काम मात्र बाँकी रहेको बताए । उनले आइतबारसम्ममा सिट बाँडफाँटको टुङ्गो लाग्ने दावी गरे । उनले एमाले, राप्रपा र पाँच दलीय गठबन्धनकाबीचमा चुनाव हुने बताए ।
उनले मुलुकमा बाम एकताको खाँचो रहेपनि केही व्यक्तिका कारण पूरा हुन नसकेको समेत बताए । नेता खनालले बाम शक्ति विभाजन हुनु दुःखद भएको भन्दै एकता नहुँदा अवसरहरू गुमाउँदै गएको उल्लेख गरे ।
अहिले विवादमा परेको नागरिकता विधेयक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बनेको पनि बताउनुभयो । उहाँले विधेयकका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिकाप्रति आपत्ति जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ भदौ २०७९, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल