काठमाडौं । दार्चुलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाले नौगाड गाउँपालिका– १ सल्ला भन्ने ठाउँमा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्ना र सोही ठाउँकी मोती ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोमा नौगाड गाउँपालिका –२ दल्लेखका ६० वर्षीय मोहनराम पार्की बेपत्ता छन्। नौगाडको सल्लामा पहिरोका कारण ८ घर पुरिएका छन्। पहिरो पन्छाउन सुरक्षाकर्मीसहितको टोली अहिले घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ।
यता दार्चुला सदरमुकामस्थित महाकाली र लास्कु नदीमा आएको बाढीले १४ घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जगत मगरका अनुसार अविरल वर्षाले नदीहरूमा बाढी आएपछि सदरमुकामका ४ जना बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ भदौ २०७९, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु