राहदानीबाट झापामा वर्षमा आठ करोड ६५ लाख राजस्व

सफल खबर संवाददाता

शनिबार, २५ भदौ २०७९, ०८ : ४१
राहदानीबाट झापामा वर्षमा आठ करोड ६५ लाख राजस्व

झापा । झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख  राजस्व सङ्कलन भएको छ । 

आर्थिक वर्ष २०७८र०७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट रु आठ करोड ६५ लाख १५ हजार राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । 

सो अवधिमा ११ हजार ७४६ राहदानी बनाएको न्यौपानेले बताए । । आव २०७७र७८ मा ६ हजार १८८ राहदानी बनाएइको थियो । जसबाट राजस्व रु तीन करोड ३५ लाख ३६ हजार, आव २०७६र७७ मा रु तीन करोड ८९ लाख ८५ हजार राजस्व सङ्कलन भएको थियो ।

कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरुपमा सञ्चालन भएकाले राहदानी बनाउन आउनेको सङ्ख्या बढेको हो । उनका अनुसार राहदानी बनाउन आउनेमा धेरै युवा छन् । त्यसमा पनि वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस