मुख्यमन्त्री भट्ट प्रतिनिधि सभा उम्मेदवार सिफारिस

सफल खबर संवाददाता

शुक्रबार, २४ भदौ २०७९, १५ : २७
मुख्यमन्त्री भट्ट प्रतिनिधि सभा उम्मेदवार सिफारिस

डोटी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई डोटीबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार सिफारिस गरेको छ ।

बिहीबार बसेको बैठकले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ मुख्यमन्त्री भट्टलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको माओवादी जिल्ला संयोजक कमल गड्सिलाले जानकारी दिए । भट्ट माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।

उनले प्रतिनिधि सभा समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरिएको समेत जानकारी दिए । सिफारिस हुनेमा जनजातिबाट डम्बर घर्तिमगर, दलितबाट जङ्ग विक र जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठ छन् ।

त्यस्तै, प्रदेश सभा कका लागि प्रत्यक्षतर्फ भरत बोहरा योगेन्द्र, रमेश नागरी र बलबहादुर ओली सिफारिस भएका छन् । प्रदेश सभा खका लागि शिव सिंह ओली, मीनबहादुर घर्ती विश्व र प्रेम कुँवर प्रख्यात सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस