काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकीमा गएराति रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं बसन्तपुरका ३१ वर्षिय सुनोजमान डंगोल र पछाडी सवार ललितपुर बाडेगाउँका २२ वर्षिय अभिषेक मर्हजन गम्भिर घाईते भएका थिए ।
घाईते दुबैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भैरहेकोमा चालक डंगोलको राति पौने २ बजे मृत्यु भएको हो । गएराति १ बजे डंगोलले चलाएको प्रदेश ३ ,०२ ००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखेको बागमति प्रदेश ०३ ००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएको थियो । दुबै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ भदौ २०७९, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन