काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकीमा गएराति रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं बसन्तपुरका ३१ वर्षिय सुनोजमान डंगोल र पछाडी सवार ललितपुर बाडेगाउँका २२ वर्षिय अभिषेक मर्हजन गम्भिर घाईते भएका थिए ।
घाईते दुबैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भैरहेकोमा चालक डंगोलको राति पौने २ बजे मृत्यु भएको हो । गएराति १ बजे डंगोलले चलाएको प्रदेश ३ ,०२ ००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखेको बागमति प्रदेश ०३ ००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएको थियो । दुबै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ भदौ २०७९, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु