काठमाडाैँ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत बिहीबारबाट सुरु भएको पुरुष टी-२० राष्ट्रिय क्रिकेटमा तीन खेल रद्द भएका छन्।
प्रतियोगिताअन्तर्गत बिहीबार ४ खेल हुने कार्यतालिका थियो। जसमा मूलपानी क्रिकेट मैदानमा दुई खेल हुने तय हुँदा टियू मैदान कीर्तिपुरमा पनि दुई खेलको कार्यतालिका थियो।
यस्तोमा टियू मैदानमा वर्षाले प्रभावित बनाए पनि ६ ओभरमा घटाएर एक मात्र खेल सम्भव हुँदा अर्को एक खेल भने हुन सकेन। मूलपानी मैदानमा तय भएको मधेश प्रदेश र गण्डकी प्रदेश तथा लुम्बिनि प्रदेश र कर्णाली प्रदेश दुबैको खेलमा टस समेत हुन सकेन।
टियू मैदान कीर्तिपुरमा भने एनआरएनए र सुदूरपश्चिम प्रदेशबीचको खेल ६ ओभरमा घटाएर प्रतिस्पर्धा हुँदा एनआरएनए १२ रनले विजयी भएको थियो। टियू मैदानमा तय भएको दोस्रो खेल भने वर्षाका कारण रद्द गरियो। टियू मैदानमा बागमती प्रदेश र प्रदेश नम्बर १ बीच खेल हुने कार्यतालिका थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, १७ : १४
लेखकबाट थप