उद्योग र व्यापार क्षेत्रमा सुधार गरें : मन्त्री बडू

सफल खबर संवाददाता

विहीबार, २३ भदौ २०७९, १५ : ०३
उद्योग र व्यापार क्षेत्रमा सुधार गरें : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुस-युक्रेन युद्ध र काेभिड-१९ महामारीको  चपेटामा परेको उद्योग तथा व्यापार क्षेत्रमा सुधार भएको दाबी गरेका छन् ।

मन्त्रालय सम्हालेकाे ५ महिना अवधिमा भएका कामबारे जानकारी दिन बिहीबार मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा उनले यस्तो दावी गरेका हुन् । २४ चैतमा मान्त्रालय सम्हाल्दा मुलुककाे अन्तर्राष्ट्रिय व्यापार र उत्पादनमुलक उद्योगकाे अवस्था जटिल अवस्थामा रहेको र त्यसलाई नीति तथा कार्यक्रम र बजेटबाट सहज बनाउँदै लगेको मन्त्री बडूको दावी छ ।

‘उत्पादन मूलक उद्योग कुल उत्पादन क्षमताको ४० प्रतिशत मात्रैमा चलेका थिए । १० प्रतिशत त्यस्ता उद्योग बन्द भएका थिए,’ मन्त्री बडूले भने, ‘अहिले त्यास्ता उद्योग पुरानै अवस्थामा फर्किएका छन् । व्यापारमा आयातमा सहजीकरण र निर्यात २ खर्ब नाघेको छ ।’

अर्थतन्त्रको सुधारका लागि मन्त्रालयले पहिले कार्यक्रम र त्यसलाई सहजीकरण गर्नेगरी नीतिगत व्यवस्था गरिएको पनि मन्त्री बडूले दावी गरे । मन्त्रालयले मुलुकलाई आत्मनिर्भर बनाउन र स्वदेशी वस्तुको उपभाेगका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवम् उपभाेग अभियान घाेषणा गरेको मन्त्रालयकाे भनाइ छ । साथै नेपाली वस्तु निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न निर्यातमा अनुदानकाे व्यवस्था गरिएको पनि मन्त्रालयकाे दावी छ ।

प्रतिक्रिया दिनुहोस