काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बाढीको चपेटामा परेको पाकिस्तानमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ ।
डब्ल्युएचओले एक दशक यताकै ठूलो बाढीले पाकिस्तानमा सयौं घर बगाउनुका साथै सडकको खण्ड खण्ड भत्किएको भन्दै मानव संकट आउन सक्ने भन्दै बिश्वजगतको ध्यान केन्दिैत गरेको छ । बाढीले लाखौँ हेक्टर भूभागमा लगाएको बालीनाली नष्ट भएको हुँदा हजारौंको जनजिवन अस्तब्यस्त बनेको छ ।
पाकिस्तानका अधिकांश भूभाग अझैपनि जलमग्न छन् । बाढीले अकल्पनीय संकट संगै मानविय संकट निम्त्याउने डब्ल्युएचओको भनाई छ । गत जुनदेखि सुरु भएको वर्षा सिजनमा अहिलेसम्म १२ सय जना बढीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् ।
बाढीले ३ करोड ३० लाख पाकिस्तानी प्रभावित भएका छन् । देशको उत्तरी स्वात उपत्यकामा बाढीले पुल, सडक बगाउँदा दर्जनौ गाउँसँगको सम्पर्क टुटेको छ । पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसलाई त्यहाँबाट सुरक्षित क्षेत्रतर्फ जान भनिएको छ ।
यस वर्षको कीर्तिमानी मनसुनलाई सन् २०१० को विनाशकारी बाढीसँग तुलना गरिएको छ । बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २३ भदौ २०७९, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा