काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बाढीको चपेटामा परेको पाकिस्तानमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ ।
डब्ल्युएचओले एक दशक यताकै ठूलो बाढीले पाकिस्तानमा सयौं घर बगाउनुका साथै सडकको खण्ड खण्ड भत्किएको भन्दै मानव संकट आउन सक्ने भन्दै बिश्वजगतको ध्यान केन्दिैत गरेको छ । बाढीले लाखौँ हेक्टर भूभागमा लगाएको बालीनाली नष्ट भएको हुँदा हजारौंको जनजिवन अस्तब्यस्त बनेको छ ।
पाकिस्तानका अधिकांश भूभाग अझैपनि जलमग्न छन् । बाढीले अकल्पनीय संकट संगै मानविय संकट निम्त्याउने डब्ल्युएचओको भनाई छ । गत जुनदेखि सुरु भएको वर्षा सिजनमा अहिलेसम्म १२ सय जना बढीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् ।
बाढीले ३ करोड ३० लाख पाकिस्तानी प्रभावित भएका छन् । देशको उत्तरी स्वात उपत्यकामा बाढीले पुल, सडक बगाउँदा दर्जनौ गाउँसँगको सम्पर्क टुटेको छ । पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसलाई त्यहाँबाट सुरक्षित क्षेत्रतर्फ जान भनिएको छ ।
यस वर्षको कीर्तिमानी मनसुनलाई सन् २०१० को विनाशकारी बाढीसँग तुलना गरिएको छ । बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २३ भदौ २०७९, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल