वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायोचित तवरमा सिटको बाँडफाँट नगर्ने हो भने गठबन्धनको अर्थ नभएको बताएका छन् । वीरगञ्जमा स्थापना भएको मधेस विश्व विद्यालयको कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष यादवले भने ‘तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी भएन भने यस खालका गठबन्धनको कुनै अर्थ रहँदैन । सब दललाई वीन वीन हुने गरी अगाडि बढ्नुपर्छ ।’
गठबन्धनमा जसपाले ३२ सिट दाबी गरेको पनि उनले बताए । ‘हुन त हाम्रो दाबी ३२ सिटमा छ । यो छलफल र समझदारीको विषय हो, समझदारी गर्दा कहाँ गएर टुंगिन्छ । त्यसलाई स्वीकार गरेरै अघि बढ्छौं’, उनले भने । सिट बाँडफाँट कार्यादललाई प्रतिवेदन बुझाउन भनिएको बताउँदै उनले त्यो प्रतिवेदन आएपछि नेताहरुसँग बसेर छलफल गरी बाँकी बाँडफाँट टुंग्याउने उनले बताए ।
बुधबार मधेस विश्व विद्यालयको स्थापना सभामा सरिक भएका यादवले बिहीबार बिहान नेशनल ट्रेडिङमा रहेको कार्यालयको उद्घाटन गरेका थिए । नेसनल ट्रेडिङको १५ कठ्ठा जमिन लिएर विश्व विद्यालयको कार्यालय स्थापना गरिएको छ । पर्सा जिल्लामा १ सय विघा जमिन खोजेर विश्व विद्यालयका लागि अन्य पूर्वाधार निर्माणको काम अघि बढाउने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?