पोखरा । पोखरा महानगरपालिकाले आफ्नै स्वामित्वको जग्गाका घर तथा पसल भत्काएको छ ।
चोकलाई फराकिलो बनाउने उद्देश्यसहित चल्तीको चोक महेन्द्रका घर तथा सटरमा महानगरले बिहीबार डोजर लगाएको हो । त्यहाँको सटरमा पसल तथा कार्यालय चलाइरहेकाहरुलाई महानगरपालिकाले भदौ २२ गतेसम्मलाई सामान खाली गर्न ३५ दिने म्याद दिएको थियो ।
मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र नगरप्रहरीसहित गएको डोजरले घर तथा पसल भत्काउन सुरु गरेको हो । महेन्द्रपुलस्थित उक्त जग्गामा पोखरा सार्वजनिक पुस्तकालय, पोखरा आर्ट ग्यालरी र व्यक्तिका पसलहरु छन् ।
ती पसलहरुको भाडासमेत वर्षौदेखि महानगरपालिकाले पाएको छैन । जसलाई ठेक्कामा दिएको हो, ऊ पनि महानगरपालिको सम्पर्कमा नभएको बताइएको छ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अवैध संरचना भत्काउन डोजर अभियानै चलाउँदा त्यसको दबाब देशैभरका पालिका प्रमुखहरुलाई पनि परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरुद्धको रिटमा कारण देखाउ आदेश
तीनकुनेस्थित गैरीगाउँको सुकुम्वासी बस्तीमा पनि चल्यो डोजर
देवीनगरका अतिक्रमित संरचनामा काठमाडौं महानगरको डोजर