काठमाडौैं । नाबालिका बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । क्यारेवियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा बलात्कारको आरोप अस्वीकार गरेका हुन् ।
कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दिपसँग आफूहरु सम्पर्कमा रहेको बताए । सन्दिपले लिग सकेर नेपाल फर्किने जानकारी दिँदै अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको उनको भनाइ छ ।
‘हामीले कहिले फर्किने भनेर सोधेका थियौं । उसले म्याच भ्याएर फर्किहाल्छु भनेको छ,’ मल्लले भने ।सन्दीपले आफ्नो कानूनी प्रक्रियामा क्यानले सहजीकरण गरिदिने आशा पनि व्यक्त गरेका छन् । उनले राम्रो वकिल खोजेर सहयोग गरिदिन आग्रह गरेको मल्लले जानकारी दिए ।
यसैबीच, क्यानले सन्दिपमाथि तत्काल कुनै एक्सन नलिने भएको छ । हिजो क्यानका पदाधिकारीहरुबीच भएको अनौपचारिक कुराकानीमा अहिले पर्ख र हेरको रणनीति लिने समझदारी भएको हो ।
मल्लले भने, ‘अहिलेसम्म सन्दिप एक आरोपी मात्र हुन् । जाहेरीकै आधारमा मात्र हामीले कारवाही गर्न हतार नगरौं भन्ने सल्लाह भएको छ । भोलि प्रहरीले अदालतमा मुद्दा दायर गरिसकेपछि हामी आफ्नो निर्णय लिनेछौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा