लमजुङ । लमजुङमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यलय लमजुङमा हाल सम्म १८ हजार दुई सय ४१ जनाले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् ।
जिल्लाका आठ वटै स्थानीय तहका नागरिकलाई राष्ट्रिय परिचयपत्रको लागि प्रशासनबाट नै सेवा दिएको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए ।
उनका अनुसार जिल्लाभर राष्ट्रिय परिचयपत्र बनाउनेको सख्या १८ हजार दुई सय ४१ जना रहेको छ । जसमा महिला सात हजार १ सय १७ छन् भने पुरुष ११ हजार १ सय २४ जना रहेको प्रजिअ वैद्यले बताए ।
वैदेशिक रोजगार विभागले राष्ट्रिय परिचयपत्र अनिवार्य माग गरेपछि जिल्लाका बैदेशिक रोजगारीमा जाने तथा डीभी भर्नेहरुको लागि अनिवार्य भएपछि जिल्ला प्रशासनमा परिचयपत्र बनाउन आउने मानिसको संख्या वृद्धि भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय परिचयपत्र पालिका तहबाट वितरण गर्ने तयारी
राष्ट्रिय परिचयपत्र बनाउनेको भीड
पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, तीन चरणमा लागू हुने गरी निर्णय