दाङ । तुलसीपुरमा शौचालयमा लडेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ कपडादेवी निवासी ३८ वर्षीया कमला लामिछाने रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
छिमेकी दिदी नाता पर्ने सोही ठाउँनिवासी तेजकुमारी लामिछानेको घरमा बुधबार बिहान साढे ६ बजेतिर शौचालय गएकी कमला एक घण्टासम्म नफर्किएपछि ढोका फोडेर हेर्दा घोप्टो अवस्थामा देखेपछि उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो ।
अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घरमा पतिसँग सामान्य विवाद भएपछि कमला मंगलबार बेलुका ७ बजे छिमेकी दिदी तेजकुमारीको घरमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ भदौ २०७९, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु