भदौ ५ गते लामिछाने राष्ट्रिय क्रिकेट टोलीसंग नभएको खुलासा

सफल खबर संवाददाता

बुधबार, २२ भदौ २०७९, ११ : २०
भदौ ५ गते लामिछाने राष्ट्रिय क्रिकेट टोलीसंग नभएको खुलासा

काठमाडौं । बलात्कारको अभियोगमा किटानी जाहेरी परेसंगै नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने ५ भदौमा टिमसँगै नरहेको खुलासा भएको छ । 

मंगलबार साँझ प्रहरी वृत्त गौशालामा बलात्कारको किटानी जाहेरी दिदैं पीडितले भदौ ५ गते पिंगलास्थानको काठमाडौं होटल इनमा राखेर बलात्कार गरेको बयान दिएकी छन् । जाहेरीमा उनले भनेकि छिन्, होटल पु¥याउनु अघि आफुलाई नगरकोट लिएर गएको र त्यहाँ पनि यौन दुव्र्यहार गरेको आरोप लगाएकी छिन् । भदौ ६ गते नेपाली राष्ट्रिय क्रिकेट टिम पाँच खेलको टी–२० क्रिकेट सिरिज र एकदिवसीय अभ्यास खेल खेल्न केन्या जाँदै थियो । यही सिरिजको लागि भनेर क्यानले टिमलाई बन्द प्रशिक्षणमा राखेको थियो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘टिम केन्या जानुभन्दा एक दिनअघि उपत्यकामा भएका खेलाडीलाई आफ्नो तयारी गरेर आउनू भनेर घर पठाएका थियौँ ।’सबै खेलाडीले भदौ ४ गतेसम्म अभ्यास गरेका थिए । तर नेपाल क्रिकेट संघ (क्यान) ले एक दिनअघि भदौ ५ गते उपत्यकामा घर भएका खेलाडीलाई तयारीको लागि क्लोज क्याम्पबाट घर पठाएको थियो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी रवीन्द्र धानुकका अनुसार ५ गते घटना भएको भन्दै १७ वर्षीया नाबालिकाले उजुरी दिएकी छन् । भदौ ६ गते केन्या भ्रमण गरेको नेपालले घरेलु टिमसँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको थियो ।

सन्दीपको कप्तानीमा खेलेको नेपालले सिरिज ३–२ ले जितेको थियो । केन्याविरुद्धको एकदिवसीय अभ्यास सिरिजअगाडि नै उनी क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज उडेका थिए । अहिले पनि उनी उतै रहेका छन् ।