चितवन । चितवनको राप्ती नगरपालिका–९ पिङटोलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाईकल चालक स्थानिय ४२ वर्षिय प्रेम तामाङ र पछाडी सवार स्थानिय ४६ वर्षिय राजकुमार तामाङ गम्भिर घाइते भएका थिए ।
घाइते दुबैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेकोमा चालक प्रेमको उपचारकै क्रममा राति साढे ११ बजे मृत्यु भएको हो ।
गएराति ११ बजे प्रेमले चलाएको ना ४६ प ३७९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको साईडमा रहेको पोलमा ठोक्किएको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ भदौ २०७९, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु