चितवन । चितवनको राप्ती नगरपालिका–९ पिङटोलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाईकल चालक स्थानिय ४२ वर्षिय प्रेम तामाङ र पछाडी सवार स्थानिय ४६ वर्षिय राजकुमार तामाङ गम्भिर घाइते भएका थिए ।
घाइते दुबैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेकोमा चालक प्रेमको उपचारकै क्रममा राति साढे ११ बजे मृत्यु भएको हो ।
गएराति ११ बजे प्रेमले चलाएको ना ४६ प ३७९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको साईडमा रहेको पोलमा ठोक्किएको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ भदौ २०७९, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन