क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी

सफल खबर संवाददाता

मंगलबार, २१ भदौ २०७९, २३ : ४३
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध  बलात्कारको जाहेरी परेको छ । 

जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो ।

१५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको प्रहरी उच्च स्रोतले जानकारी दियो । 

सन्दीप क्यारेबियन लिग खेल्न जानुअघि बलात्कारको घटना भएको बताइएको छ ।  सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस