प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई एमालेको चेतावनी

सफल खबर संवाददाता

मंगलबार, २१ भदौ २०७९, १५ : ५७
प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई एमालेको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०ले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई चेतावनी दिएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रयास नगर्न सरकारलाई सचेत गराए ।

उनले त्यस ढंगले प्रतिनिधिसभा भित्र र्दुइ खाले सांसद हुने अवस्था आउने गरी सो विधेयक अघि बढाए आफ्नो पार्टीलाई मान्य नहुने अडान पनि राखे । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको मनोनयन हुने दिन प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिने भएकाले सोही व्यवस्था मात्रै आफ्नो पार्टीलाई मान्य हुने उनको भनाई थियो ।

प्रमुख सचेतक भट्टराईले एमालेसँग परामर्श गरेरै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल बढाउने गरी विधेयक ल्याएको भनेर कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले भनेकोमा आपत्ति जनाउनुभयो । एमालेले त्यसका लागि सरकारलाई कुनै पनि सहमति नदिएको उनको दावी थियो ।

प्रमुख सचेतक भट्टराईले सरकारको १४ महिने कार्यकालले आम जनतालाई लज्जाबोध गराएको समेत पटकपटक दोहो¥याए ।

प्रतिक्रिया दिनुहोस