काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँटफाँट टुंगो लगाउने गरी अन्तिम छलफल भइरहेको बताएका छन् । प्रचण्डले कांग्रेसले ८० सिट र माओवादीले ६० सिट पाउँने दावी गरेका छन् । धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भोलि शीर्ष तहका नेताहरु बसेर सिट टुंगो लगाउने तयारी भइरहेको जानकारी दिएका छन् ।
प्रचण्डले कांग्रेसले ८० सिट वरिपरिको संख्यामा सहमतिमा आउने विश्वास व्यक्त गरेका छन् । उनले कांग्रेस सयबाट ८० मा आउने सम्भावना बढ्दो रहेको पनि बताए । माओवादी केन्द्रले पनि ६० सिटमा दाबी गरेको भन्दै उनले त्यसकै वरिपरि सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् । प्रचण्डले भने, ‘हामीले भनेको त ६० हो, ६० बाट केही तलमाथि होला, तर त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ,’ ।
एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका पनि आ–आफ्ना दाबी रहेको भन्दै उनले २५ सिटको वरिपरि उनीहरुको स्थिति भएकाले त्यसैलाई आधार बनाएर सवै पार्टीका प्रतिनिधिहरु बसेर क्षेत्र र प्रदेशसम्म हेरेर टुंग्याउने प्रयासमा रहेको बताए । प्रदेश र संघको निर्वाचनमा समाज केन्द्रित भएको बताउँदै उनले भने, ‘गठबन्धन कायम भएरै जान्छ त्यसको अन्तिम तयारी चलिरहेको छ । प्रचण्डले गठबन्धनमा रहेका दलहरुका दावी आआफ्नै भएपनि सहमतिको विकल्प नभएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ भदौ २०७९, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्योलता हट्यो, देश अब निर्वाचन तयारीतिर गयो: प्रचण्ड
‘सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन् भन्ने भ्रम पार्न खोजियो’: प्रचण्ड
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’