यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, २१ भदौ २०७९, १० : ३३
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकलक मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार युरोपियन युरोभन्दा अमेरिकी डलर महंगो रहेको छ ।

अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ४६ पैसा र बिक्रीमा १२८ रुपैयाँ ०६ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिदमा १२६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२७ रुपैयाँ २७ पैसा रहेको छ । पछिल्लो केही समययता युरो र डलरको भाउबीच उतारचढाव देखिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४० पैसा र सिंगापुर डलर एकको खरिदमा ९० रुपैयाँ ७९ पैसा र बिक्री दर ९१ रुपैयाँ २१ पैसा रहेको छ । 

यसैगरी जापानी येन १० को खरिदमा ९ रुपैयाँ ०८ पैसा र बिक्रीमा ९ रुपैयाँ १२ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०७ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३७ पैसा र बिक्रीदर २८ रुपैयाँ ५१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस