चिनियाँ व्यवसायीले चितवनमा गरे गुणस्तरहिन दाना उत्पादन

वेल होप एग्रीटेक प्रा.लि लाई प्रशासनले गर्यो २० हजार जरिवाना

प्रकाश सिग्देल

सोमबार, २० भदौ २०७९, १७ : २३
चिनियाँ व्यवसायीले चितवनमा गरे गुणस्तरहिन दाना उत्पादन

चितवन । चनियाँ व्यवसायी र नेपाली व्यवसायीको संयुत्त लगानीको पशुपन्छीका लागि दाना उत्पादन गर्ने कम्पनी वेल होप एग्रीटेक प्रा.लि, कल्याणपुरले न्युन गुणस्तरको दाना उत्पादन गर्ने र किसान ठग्ने गरेको भेटिएको छ ।

कुखुराका लागि दाना उत्पादन गर्दा दानामा चिसोको मात्रा बढि र प्रोटिनकोे मात्रा कम भएको दाना उत्पादन गर्ने गरेको भेटिएको हो ।खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय चितवनले दानाको नमुना संकलन गरी केन्द्रीय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला बबरमहल काठमाडौंमा दानाको गुणस्तर चेक गर्दा सो उद्योगको दाना गुणस्तरहिन भेटिएको हो ।

उद्योगले उत्पादान गरेको कुखुराको दाना ल्यावमा परिक्षण गर्दा गुणस्तर हिन देखिएको र त्यस्तो दानाले कुखुराको वृद्दि र विकासमा असर पर्ने खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले बताए । त्यस्तै दानामा चिसोको मात्रा बढि भएपछि दानाको तौल बढ्ने र त्यसले किसानलाई आर्थिक रुपमा धेरै नोक्सान हुने अधिकारी बताउँछन् ।

 न्युन गुणस्तरको दाना प्रमाणित भएपछि उद्योगका बिरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनमा मुद्धा दर्ता गरिएको र उद्योगलाई २० हजार जरिवाना भएको अधिकारीको भनाई छ । चितवनमा रहेका अधिकाशं उद्योगहरुले न्युन गुणस्तरका दाना उत्पादन गर्ने गरेको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस