काठमाडौं । तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोली केन्याले नेपाललाई मध्यम रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको केन्याले ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको हो ।
केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेल्दा लुकास एनडानडासनले अविजित रहँदै ५९ रन बनाए । सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए । कप्तान शेम एनगोचे १७ रनमा आउट भए ।
नेपालका सोमपाल कामी र आदिल अन्सारीले समान २-२ विकेट लिए । साहब आलम र बसिर अहमदकाे नाममा एकएक विकेट रह्याे । तीन खेलको सिरिजमा २-० ले अघि रहेको नेपाल सिरिज क्लिन स्विप गर्ने दाउमा छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० भदौ २०७९, १६ : २६
लेखकबाट थप