त्रिशला गुरुङले गरिन् प्रेममा रहेकाे खुलासा

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, १५ : ३७
त्रिशला गुरुङले गरिन् प्रेममा रहेकाे खुलासा

 काठमाडौं । गायिका त्रिशला गुरुङले आफू प्रेममा रहेकाे खुलाएकी छन्। पेशाले चिकित्सकसमेत रहेकी गायिका गुरुङले संगीतकार रोहित शाक्यसँग प्रेममा रहेकाे कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

कभर गीत गाएर आफ्नाे सुमधुर स्वरका कारण चर्चामा आएकी उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत आफू र संगीतकार शाक्य प्रेममा रहेकाे संकेत गरेकी हुन्।रोहितसँगको तस्बिर सेयर गर्दै त्रिशलाले लेखेकी छन्, ‘भर्खरै मैले महसुस गरेँ कि हामी लामो समयसम्म साथी बन्न सक्छौँ। तिमी मेरो हौँ, र तिमीलाई थाहा छ त्यसैले तिमीलाई मन पराउँछु।’

प्रतिक्रिया दिनुहोस