फिल्म ‘के घर के डेरा’ को दोस्रो पोस्टर सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, १४ : ५१
फिल्म ‘के घर के डेरा’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा पात्रहरूको अवस्था चित्रण गरिएको छ । एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यहरूको फरक मनोदशा पोस्टरमा देख्न सकिन्छ । पोस्टरमा अभिनेता दयाहाङ राई निदाइरहेका छन् । बालकलाकार आयुशी ढकालले आँखामा आशाका किरण झल्किएको छ भने अभिनेत्री सुरक्षा पन्तलाई निराश अवस्थामा देखाइएको छ ।

महेश दवाडीको पटकथा र संवाद रहेको सिनेमामा दयाहाङ, सुरक्षा र आयुशीका अलावा विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी,आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्रीलगायतका कलाकारहरूको अभिनय छ ।

कार्तिक ४ देखि प्रदर्शनमा आउने उक्त फिल्ममा सिंगे लामाको कथा रहेको छ । दिर्घ गुरुङको छायांकन रहेको फिल्ममा शंकर थापा स्माइलरकोशिस क्षेत्रीको संगीत र दिर्घ खड्काको सम्पादन छ ।

ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।

प्रतिक्रिया दिनुहोस