प्रचण्डद्वारा निर्मल लामा बहुप्राविधिक शिक्षालय भवन शिलान्यास

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, १४ : ४१
प्रचण्डद्वारा निर्मल लामा बहुप्राविधिक शिक्षालय भवन शिलान्यास

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको वर्दिबास– ११ खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको शैक्षिक भवनको आज शिलान्यास गरेका छन ।

कोरियाली सरकारको रु एक अर्ब पाँच करोड सहयोगमा उक्त शिक्षालयको शैक्षणिक भवन निर्माण हुन लागेको हो । सिटिइभिटीबाट सञ्चालित मधेस प्रदेशस्तरीय शिक्षालयको नयाँ चार वटा भवनको दाहालले शिलान्यास गरेका हुन।

कोरियाली सरकारको सहयोगमा निर्माण हुने शिक्षालयका चार वटा भवन अत्याधुनिक हुने शिक्षालयका प्रमुख रमण मेहेताले बताए । विसं २०७५ मा स्थापना भएको शिक्षालयमा अहिले देशभरिका २८ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् । प्राविधिक विषय अध्यापन हुने शिक्षालयले अहिले सात वटा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस