नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केही ठाउँमा एमालेसँग तालमेल हुने बताएका छन्। पार्टीले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले देशभरि नै नभई केही ठाउँमा चुनावी तालमेल हुने बताएका हुन्।
‘एजेन्डा फरक भए पनि एमालेसँग केही सीटमा तालमेल हुन्छ’, अध्यक्ष लिङ्देनले भने, ‘अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीको सीट सुरक्षित राख्नका लागि तालमेल हुन्छ।’अध्यक्ष लिङ्देनले विगतमा जसरी चार सीटमात्रै लिएर अरू दिने गरी एमालेसँग तालमेल नहुने बताए। उनले तालमेल नभएका ठाउँमा राप्रपाले आफ्नो उम्मेदवार उठाउने खुलाए।
उनले तीन दशकदेखि केही सीमित राजनीतिक दल र सीमित नेताको चक्रव्यूहमा देश फसेको र त्यसबाट देशलाई मुक्त गराउन राप्रपा ठूलो शक्ति हुन जरुरी रहेका बताए।‘नेपालको निर्णायकत्व नेपाली जनताको हातमै राख्नु पर्छ। विदेशीले यहाँको प्रधानमन्त्री बनाइदिने परिपाटीको अन्त्य गराउनु पर्छ, त्यसका लागि राप्रपालाई विजयी गराउनु जरुरी छ’, अध्यक्ष लिङ्देनले भने।
अध्यक्ष लिङ्देनले निर्वाचन घोषणा भइसकेपछि संसदको अन्त्य हुने र सरकार चुनावी सरकारमा परिणत हुने भए पनि संसदको आयु लम्ब्याउने खेल भएकाले आफूले सांसदबाट राजीनामा दिएको पनि बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० भदौ २०७९, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई पैसा कमाउने माध्यम नबनाऔँ : राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनको दाबी-‘काँग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ’
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल