विश्वका ८ हजार थिएटरमा फिल्म ‘ब्रह्मास्त्र’

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, ११ : ३६
विश्वका ८ हजार थिएटरमा फिल्म ‘ब्रह्मास्त्र’

एजेन्सी । करण जोहार प्रोडक्सनमा निर्माण भएको फिल्म ‘ब्रह्मास्त्र’ रिलिजको अन्तिम घडीमा छ । फिल्मले सेप्टेम्बर २ एडभान्स बुकिङ खुला गरिसकेको छ । टुडी, थ्रीडी र आइमेक्स थ्रीडी फर्म्याटमा फिल्म रिलिज हुँदै छ ।

डिज्नी स्टारको कन्ट्री मेनेजर तथा अध्यक्ष के माधवनका अनुसार फिल्म विश्वका  ८ हजार स्क्रिनमा रिलिज हुँदै छ । भारतमा यो फिल्म ५ हजार र अन्य मुलुकमा ३ हजार पर्दामा रिलिज हुँदै छ । उनले बलिउडको इतिहासमा एकसाथ सर्वाधिक धेरै पर्दामा रिलिज हुने फिल्म रहेको बताए ।

स्टार स्टूडियोज, धर्मा प्रोडक्सन, प्राइम फोकस र स्टारलाईट पिक्चर्सले निर्माण गरेको फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा रिलिज हुँदै छ । फिल्ममा अमिताभ बच्चन, रणवीर कपुर ,आलिया भट्ट, मौनी रोय र नागार्जुन अक्किनेनीलगायतको अभिनय छ । फिल्ममा अभिनेता शाहरुख खान केमियो गर्दैछन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस