उदयपुरमा जंगली हात्ती मृत फेला

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, ११ : २२
उदयपुरमा जंगली हात्ती मृत फेला

 काठमाडौं ।  सप्तकोशी नदी किनारामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ ।उदयपुरको बेलका नगरपालिका– ८ सिसौली टप्पुस्थित जंगलमा हात्ती मृत फेला परेको हो । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिसौली जंगलमा जंगली हात्ती मृत अवस्था फेला परेको थियो ।

डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहका अनुसार गए राति नै स्थानीयहरुले हात्ती मृत अवस्थामा फेला परेको जानकारी दिए ।जंगली हात्ती मृत फेला परेपछि डिभिजन वन कार्यालय गाईघाटको टोली, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु डाक्टरसहित कोशी टप्पु बन्य जन्तु आरक्षका प्रतिनिधिहरु सहित पोस्टमार्टममा पुगेका थिए ।

उनले भने, ‘त्यही क्षेत्रमा घुमी रहने जंगली हात्ती केहि दिन अघि नै मृत्यु हुन सक्ने अनुमान गरिएको थियो । हात्ती मृत अवस्थामा फेला परेकाले पोस्टमार्टम सहित अनुसन्धान अघि बढाएकाछौँ । मृत्युको कारण पोस्टमार्टमको रिपोर्ट नआइकन भन्न सकिँदैन्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस