सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, १० : १०
सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

आजको बैठकमा पनि आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सिट बाँडफाँटका बारेमा छलफल हुनेछ । 

मंगलबार सम्ममा सिट बाँडफाँटको सबै पक्ष टुंगो लाग्ने गठबन्धनका नेताहरूले बताइरहेका छन् । सिट बाँडफाँट गठबन्धन भित्रका सबै दललाई न्यायोचित हुने गरेर गर्ने नेताहरूले दाबी गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस