सिरिज क्लिन स्विप गर्ने दाउमा नेपाल

सफल खबर संवाददाता

सोमबार, २० भदौ २०७९, ०८ : ५४
सिरिज क्लिन स्विप गर्ने दाउमा नेपाल

काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीविरुद्ध तेस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ ।

खेल केन्याको नैरोबीस्थित जिमखाना मैदानमा मध्यान्ह १२स्४५ बजे सुरु हुनेछ। तीन खेलको सिरिजमा २(० ले अघि रहेको नेपाल सिरिज क्लिन स्विप गर्ने दाउमा छ । 

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

तीन खेलको एकदिवसीय सिरिजमा नेपालको कप्तानी रोहितकुमार पौडेलले गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस